← समाचारमा फर्कनुस्
Basketball Nov 12, 2024 · Swadesh

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

काठमाडौं । टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आयोजक ठुंग्रम इन्टरनेश्नल एकेडेमीले विजयी सुरुवात गरेको छ ।

काठमाडौंको हात्तिगौंडास्थित टिआईएको कोर्टमा भएको खेलमा घरेलु टोलीले मंगलदिप स्कुललाई २५ का विरुद्ध ३७ स्कोरले हराएको हो ।   टिआईएको जितमा क्रिश ओलीले १७ स्कोरको योगदान गरे ।

पहिलो क्वार्टरदेखि नै अग्रता लिएको टिआइएले अग्रता चौथो सेटसम्मै कायम राख्यो । टिआईइले पहिलो क्वार्टरमा ११–५, दोस्रोमा १३–१० र तेस्रोमा ६–४ को आग्रता कायम राखेको थियो । चौथो क्वार्टरमा भने दुबै टिमले ६–६ स्कोर गरेका थिए ।

प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका थिए । टिआईएसँगै प्रतियोगिताको छात्रतर्फ आज भएको खेलमा दुर्गा भवानी एकेडेमी, ज्ञाननिकेतन र विल्सन एकेडेमी विजयी भए । 

छात्रातर्फ निम्स, भक्तपुर निस्ट र भ्याली पब्लिक स्कुलले पनि विजयी सुरुवात गरे । प्रतियोगितामा छात्र र छात्रातर्फ १६–१६ वटा टिमको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल आउँदो आइतबार हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →