थन्डर बोल्ट्स कपमा जेम्स च्याम्पियन

काठमाडौँ, पुस ९ । तेस्रो संस्करणको थन्डर बोल्ट्स कप २०२५ मा जेम्स स्कुल लगातार तेस्रो वर्ष च्याम्पियन बनेको छ। विभिन्न १२ खेलको ३२ विधामा भएको खेलमा जेम्सले कुल ४९ अङ्क प्राप्त गर्दै पाँच लाख रुपैंया प्राप्त गर्न सफल भयो।
यो सँगै जेम्सले लगातार तेस्रो वर्ष प्रतियोगिता जित्दै ह्याट्रिक गरेको छ। यस्तै एभिएम स्कुल दोस्रो तथा निसर्ग वाटिका स्कुल तेस्रो स्थान हात पार्यो। एभिएमले २० तथा निसर्ग वाटिकाले कुल ११ अङ्क बटुलेको थियो।
विजेता स्कुललाई समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राई र जेम्स स्कुलका अध्यक्ष राजेश खड्का लगायतले पुरस्कार वितरण गर्नुभयो।
समारोहका क्रममा विभिन्न विधाका व्यक्तिगत विजेता, टिम तथा विद्यालयहरूलाई पदक र ट्रफी प्रदान गरिएको थियो। उक्त अवसरमा प्रमुख अतिथि राईले भन्नुभयो, " स्कुल स्पोर्टसलाई हाँक्ने अभियानमा जेम्स स्कुलले नेतृत्व लिइरहेको देख्दा खुसी लागेको छ। युवा प्रतिभाहरू यस्तै खाले देशव्यापी प्रतियोगिताबाट उत्पादन हुनेछ।"
समापन समारोहमा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका प्राविधिक निर्देशक जोन व्हिटल, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मा, नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
आयोजक विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले सहभागी विद्यालय तथा खेलाडीहरूलाई बधाई दिँदै धन्यवाद ज्ञापन गरेका थिए।प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्र तथा बाहिरका गरी १०७ भन्दा बढी स्कुलका ३५ सय खेलाडीले सहभागिता जनाएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women