← समाचारमा फर्कनुस्
Football Mar 31, 2023 · Nepalsports

उपाधिमा मनाङ र थ्री स्टारको दाबी

उपाधिमा मनाङ र थ्री स्टारको दाबी

धनगढी । चैत १७ गते ।

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफुले जित्ने दाबी गरे ।

शनिबार धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्री स्टारका कप्तान बिक्रम लामाले सेमिफाईनलमा रातो कार्ड खाएका मिडफिल्डर दिपेश गुरुङको अनुपस्थितीले क्लबको प्रर्दशनमा कुनै असर नपार्ने बताए । उनले आफुहरुसँग सन्तुलित टिम रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वभाविक दाबी रहने उल्लेख गरे । फाइनल खेलमा आफ्नो भुमिकाबारे बोल्दै उनले भने, ‘भोलि रणनीति अनुसार मेरो भुमिका रहनेछ । प्रशिक्षक मेघराज केसीले जुन भुमिकामा खेलाउँछन् । म तयार रहेको छु ।’

उनले खेलाडीको रिकभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताए । तर फाइनल खेलका लागि टिम मानसिक रुपमा तयार रहेको उनको भनाई छ । ‘एन्फाले खेल तालिकालाई ब्यवस्थित बनाएको भए मोफसलमा फुटबल कार्यक्रम गरिरहेका आयोजकले गरेको मेहनतले फुटबलमा राम्रो योगदान गर्ने थियो ।’ उनले भने, ‘तेस्रो पटक खप्तड गोल्डकपको फाईनल खेल्दै गर्दा पहिलो पटक उपाधि जित्न चाहन्छौं । मोफसलको गोल्डकपले टिमलाई सेट हुन अवसर दिएको छ ।’

मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफुहरु तयार रहेको बताए । टिमको अवस्थाबारे जानकारी दिदै उनले भने, ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु भोलि खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन् । उनको प्रर्दशनले टिमलाई धेरै सहज भएको छ ।’ गुरुङले थपे, ‘मनाङ जस्तो क्लबलाई नेतृत्व गर्न पाउँदा गर्व महशुश गरेको छु । तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्ने पक्का हो ।’

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा चैत ९ गते सुरु भएको प्रतियोगिताको विजेताले उपाधि सहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लव गरी १० टोलीको सहभागि थिए । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको यस प्रतियोगिताको समापन प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले गर्ने कार्यक्रम रहेको आयोजक टिमका अध्यक्ष सुरेश हमालले बताएका छन् ।

  

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →