← समाचारमा फर्कनुस्
Basketball Nov 08, 2024 · Swadesh

टिआइए कप बास्केटबल सोमबारदेखि हुने

टिआइए कप बास्केटबल सोमबारदेखि हुने

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ। 

प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्स तथा स्टाफ गरि तीन विधा समावेश गरिएको छ। 

सियिनर ब्वाइज र गर्ल्स फुल कोर्ट तथा स्टाफतर्फ भने थ्री वाइ थ्रीमा प्रतिस्पर्धा हुनेछ। 

बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडास्थित टिआइएकै कोर्टमा हुने प्रतियोगितामा सियनर व्याइज र गर्ल्समा समान १६ तथा स्टाफमा १२ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। 

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। 

प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ४ हजार ५०० रुपैयाँ तोकिएको थियो। 

प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमाति बजेट ४ लाख ५० हजार रहने आयोजकको अनुमान छ। 

टिआइएका प्रधानाध्यापक उत्तमराज थापाले विद्यालयबीचको आपसी सम्बन्ध मजबुद होस् र खेलाडीको क्षमतामा वृद्धि होसन् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिन लागेको बताए। 

‘हाम्रो मुख्य उदेश्य भनेको विद्यालयबीचको सम्बन्ध मजबुद बनाउने र खेलाडीको क्षमतालाई बाहिर ल्याउने हो। टिआइएकै उत्पादन अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका छन्,’ थापाले भने,‘ यो प्रतियोगिताले पनि नेपाली बास्केटबलको विकासमा थोरै भए पनि सहयोग पुर्याउछ भन्ने विश्वास छ।’

प्रतियोगिताको खेल तालिका शुक्रबार साँझसम्ममा सार्वजनिक गरिने आयोजकले बताएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →