कोलम्बियालाई टाइब्रेकरमा हराएर स्विटजरल्यान्ड क्वाटरफाइनलमा

स्विटजरल्यान्डले विश्वकप २०२६ मा बुधबार कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । भ्यान्कुभरमा निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगेको थियो । यस्तोमा खेल पेनाल्टी सुटआउटमा गएको हो ।
यससँगै प्रतियोगिताको अन्तिम १६ का खेल सकिएका छन् र क्वाटफाइनल चरणको समीकरण पूरा भएको छ । त्यस अनुसार फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्यान्ड तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्विटजरल्यान्ड भिड्ने छन् ।
ग्रेनिट जाका, जेकी आमडोनी, सेडरिक इटेन र रुबेन भारगासले स्विटजरल्यान्डका लागि पेनाल्टीमा गोल गरे । कोलम्बियाका तर्फबाट जुवान क्विन्टेरो, जामिन्टन काम्पाज र लुइस डियाजले मात्र गोल गरे । दक्षिण अमेरिकी टिमका लागि डाभिनसन सान्चेज र कुचो हर्नान्डेज गोल गर्न असफल रहे ।
त्यसमध्ये स्विस गोलरक्षक ग्रेगर कोबेलले एक प्रहारमा बचाउ गरे । विजयी टिमका लागि म्यानुएल आकान्जी मात्र गोल गर्न चुकेका हुन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |