स्विट्जरल्याण्डसंग स्कटल्याण्ड पराजित

युइएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्विट्जरल्याण्डले स्कटल्याण्डलाई ३-० गोलले पराजित गरेको छ। ह्याम्पडेन पार्कमा भएको खेलमा स्कटल्याण्डका डिफेन्डर ज्याक हेन्ड्री ११औं मिनेटमै रातो कार्डसहित मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित हुन पुग्यो र स्विट्जरल्याण्डले सहज जित निकाल्यो।
खेलको सुरुवाती चरणमै निर्णायक मोड आएको थियो। स्विट्जरल्याण्डका डान एन्डोयेलाई हेन्ड्रीले फाउल गरेपछि रेफ्रीले सुरुमा पेनाल्टी र पहेँलो कार्ड दिएका थिए, तर भीएआरको सहायताले निर्णय परिवर्तन गर्दै फ्रिकिक र रातो कार्डमा परिणत गर्यो। त्यसपछि रिकार्डो रोड्रिगेजले १२औं मिनेटमा फ्रिकिकबाट शानदार गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए।
दोस्रो हाफको सुरुमै स्विट्जरल्याण्डले अग्रता दोब्बर बनायो। ५५औं मिनेटमा रेमो फ्रोएलरको क्रसमा निको एल्भेडीले नजिकैबाट गोल गर्दै स्कटल्याण्डका गोलकिपर एङ्गस गनलाई चकित पारे। यो उनको राष्ट्रिय टोलीका लागि ७५औं खेलमा चौथो गोल थियो, जुन उनको ३०औं जन्मदिनभन्दा केही घण्टा अघि आएको थियो। ८२औं मिनेटमा जेकी अम्दौनीले एन्डोयेको कटब्याकमा शक्तिशाली प्रहार गर्दै स्विट्जरल्याण्डको जित पक्का गरे।
स्कटल्याण्डका नयाँ प्रशिक्षक सेबास्टियन पोकोग्नोलीको लागि यो ह्याम्पडेन पार्कमा पहिलो खेल थियो, जुन निराशाजनक बन्यो।
यो जितसँगै स्विट्जरल्याण्डले नेसन्स लिगको समूह 'बी’ मा दुई खेलमा पूर्ण अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्याण्ड भने दुई खेलमा एक अंक मात्र जोडेर समूहको पुछारमा रहेको छ। स्कटल्याण्डले आगामी शनिबार उत्तर म्यासेडोनियासँग खेल्नेछ भने स्विट्जरल्याण्डले आफ्नो अर्को खेलको तयारी गर्नेछ।
यसै समुहमा भएको अर्को खेलमा य्लोभेनियाले नर्थ मेसेडेनियालाई २-० गोलले पराजित गरेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |