TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports May 26, 2026 · Swadesh

नेपालमै पहिलोपटक ‘सुपर ड्राइभ नेपाल’ अटोमोटिभ लाइफस्टाइल र्‍याली आयोजना हुने

नेपालमै पहिलोपटक ‘सुपर ड्राइभ नेपाल’ अटोमोटिभ लाइफस्टाइल र्‍याली आयोजना हुने

काठमाडौं। ‘सुपर ड्राइभ नेपाल’ ले नेपालकै सबैभन्दा ठूलो अटोमोटिभ लाइफस्टाइल र्‍याली आयोजना गर्ने भएको छ। आयोजकले सन् २०२६ मे ३१ देखि जुन ६ सम्म सञ्चालन हुने औपचारिक घोषणा गरेको हो।


एक सातासम्म चल्ने यस र्‍यालीमा अन्तर्राष्ट्रिय सुपरकार, लक्जरी ब्रान्ड, कन्टेन्ट क्रियटर, प्रिमियम हस्पिटालिटी पार्टनर तथा अटोमोटिभ पारखीहरूको सहभागिता रहने जनाइएको छ।


मोटरस्पोर्ट केटीएमद्वारा आयोजना गरिने र्‍याली बुटवल, भैरहवा, पोखरा, चितवन हुँदै काठमाडौंसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रमले अटोमोटिभ संस्कृति, पर्यटन, मनोरञ्जन, नाइट लाइफ तथा आधुनिक जीवनशैलीलाई एउटै प्रिमियम प्लेटफर्ममा जोड्ने लक्ष्य राखेको छ।


र्‍यालीमा पोर्श, अडी, बीएमडब्ल्यू एम सिरिज तथा मर्सिडिज–एएमजी जस्ता विश्वप्रसिद्ध उच्च प्रदर्शन क्षमतायुक्त सवारी साधन सहभागी हुनेछन्। विभिन्न सहरमा सुपरकारहरूको कन्भोय ड्राइभ, सार्वजनिक प्रदर्शनी, दर्शकसँगको भेटघाट, कन्टेन्ट क्रियटर सहकार्य तथा विशेष मिडिया कभरेज कार्यक्रमका मुख्य आकर्षण रहनेछन्।


त्यसैगरी, कार्यक्रममा विशेष पुल पार्टी, बारबेक्यु नाइट, ब्रान्ड एक्टिभेसन, व्यावसायिक फोटोग्राफी, भिडियोग्राफी तथा ड्रोन कभरेजसमेत समावेश गरिने आयोजकले जनाएको छ।


र्‍यालीको समापन आगामी जुन ६ मा काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘सुपर ड्राइभ नेपाल ग्रान्ड शोकेस’ मार्फत गरिनेछ। अपराह्न ४ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा सहभागी सबै सुपरकारहरू सार्वजनिक प्रदर्शनमा राखिनेछन्। साथै मनोरञ्जनात्मक प्रस्तुति र विभिन्न ब्रान्ड एक्टिभेसनसहित भव्य समापन गरिने बताइएको छ।


आयोजकका अनुसार ‘सुपर ड्राइभ नेपाल’ ले नेपाललाई प्रिमियम अटोमोटिभ पर्यटन तथा अन्तर्राष्ट्रिय स्तरका लाइफस्टाइल इभेन्टहरूको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →