← समाचारमा फर्कनुस्
Cricket Sep 11, 2026 · Swadesh

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले गोल्डस्टारलाई आफ्नो आधिकारिक फुटवेयर पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।

यस साझेदारी सम्झौतामा गोल्डस्टारका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स शिवालिका राणा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे ।

सम्झौतासँगै गोल्डस्टारले एनपीएलको तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्सलाई आधिकारिक फुटवेयर साझेदारका रूपमा साथ दिनेछ। दुवै पक्षले नेपाली खेलकुद र घरेलु क्रिकेटको व्यावसायिक विकासमा सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गोल्डस्टारका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स शिवालिका राणा ले गोल्डस्टारले नेपाली क्रिकेटसँगको सहकार्यलाई निरन्तरता दिइरहेको बताइन्।

'गोल्डस्टारले यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) मार्फत पनि नेपाली क्रिकेटमा लगानी गरेको थियो। सुदूरपश्चिम रोयल्ससँगको यो साझेदारी त्यसै यात्राको निरन्तरता हो। नेपाली क्रिकेटको व्यावसायिक विकास र नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा दिने अभियानमा हामी रोयल्ससँग सहयात्री बनेकोमा उत्साहित छौं' राणाले भनिन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले यो साझेदारीले नेपाली ब्रान्ड र नेपाली क्रिकेटबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताए ।

'गोल्डस्टार जस्तो स्थापित नेपाली ब्रान्ड सुदूरपश्चिम रोयल्ससँग जोडिनु हाम्रो लागि गर्वको विषय हो। तेस्रो संस्करणमा मैदानभित्रको प्रदर्शनसँगै व्यावसायिक रूपमा पनि बलियो यात्रा तय गर्ने हाम्रो लक्ष्य छ, र यो साझेदारी त्यस दिशामा महत्वपूर्ण कदम हुनेछ' खड्काले भने ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →