सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका टेक राज थलाल

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँहाते मध्यम गतिका बलर टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरिएको ट्यालेन्ट हन्टमार्फत स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको थियो। ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीलाई समेटिएको थियो।
असोज १४ गते बैतडीको दिलासैनीमा दार्चुला र बैतडीका खेलाडीबाट सुरु भएको ट्यालेन्ट हन्ट असोज १५ गते बझाङ, असोज १६ गते डोटी र डडेल्धुरा तथा असोज १७ गते अछाम र बाजुरामा पुगेको थियो। असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको ट्यालेन्ट हन्ट गरिएको थियो।
ट्यालेन्ट हन्टको अन्तिम चरण असोज २० र २१ गते धनगढी ओभलमा आयोजना गरिएको थियो।
टेक राज थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाडी हुन्। यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकोनिक खेलाडीका रूपमा अघि सारेको हो।
ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा समेत छनोट गरिएको छ।
उनीहरू छ जनै सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |