← समाचारमा फर्कनुस्
Football Oct 07, 2026 · Swadesh

स्पेनको अपराजित यात्रा कायम

स्पेनको अपराजित यात्रा कायम

स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अपराजित याक्रालाई मंगलबार ४२ खेल छोएको छ र यससँगै त्रोएसियालाई २–१ ले पराजित गर्दै यूईएफए नेसन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ । स्पेनको यो पुर्नआगमन जित पनि रह्यो र यसमा नायक रहे, सब्टिच्युट खेलाडी मिकेल मेरिनो ।

उनले नै यस जितमा दुई गोल गरे । यसअघि क्रोएसियाले इभान पेरिसिचको गोलले अग्रता लिएको थियो । त्यसपछि उनी दोहोरो पहेँलो कार्ड खाएर मैदान छाड्न बाध्य रहे र टिम दस खेलाडीमा सीमित रहेर दबाबमा परेको थियो । यस्तोमा मेरिनोले दुई गोल गरे ।

अर्को खेलमा ह्यारी केनको दुई गोलको मदतले इंग्ल्यान्डले चेक गणतन्क्रलाई ३–० ले हरायो । केनका लागि यो खेल व्यत्तिगत रूपमा विशेष पनि रह्यो । उनले इंग्ल्यान्डका लागि १ सय २५ औं क्याप जिते र आफ्नो देशका  लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →