← समाचारमा फर्कनुस्
Football Jul 20, 2026 · Swadesh

अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन विश्वकप च्याम्पियन

अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन विश्वकप च्याम्पियन

फेरान टोरेसले अतिरिक्त समयमा गरेको गोलको मदतले स्पेनले दस खेलाडीमा सीमित अर्जेन्टिनालाई १–० ले स्तब्ध पार्दै आइतबार विश्वकप २०२६ को उपाधि जितेको छ । न्युयोर्क न्युजर्सि स्टेडियममा बेहोरेको हारसँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना उपाधिको रक्षा गर्न असफल रह्यो ।

खेल पेनाल्टी सुटआउटतर्फ अग्रसर रहेको बेला १०६ औं मिनेटमा निको विलियम्सले निकालेको पासमा बार्सिलोनाका टोरेसले नजिकको दूरीबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका हुन् । खेलमाथि स्पेनको पूर्ण नियन्त्रण रहेको थियो र जितका लागि हकदार पनि रह्यो ।

पूरा विश्वकपमा स्पेनले एक माक्र गोल खाएको छ र यसत्रममा उसले दरिलो रक्षापंक्तिको नमुना पनि पेस गरेको छ । स्पेनले विश्वकपको उपाधि जितेको यो दोस्रो पल्ट हो । यसअघि सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप जितेको थियो । अहिले भने स्पेनले युरोपेली च्याम्पियनका रूपमा पनि विश्वकप जितेको हो ।

दोस्रो हाफको इन्ज्युरी समयमा अर्जेन्टिना दस खेलाडीमा सीमित भएको थियो । दोस्रो पहेँलो कार्डमा इन्जो फर्डिनान्ड मैदान छाड्न बाध्य रहे । उनले पउ कुबार्सीमाथि डलराग्दो फल खेलेका थिए । यससँगै निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेको थियो ।

 पूरा खेल अवधिमा अर्जेन्टिनाले स्पेनमाथि अश्विसनीय रूपमा एउटै पनि गतिलो आक्रमण बुन्न सकेन् । लियोनल मेसी पनि लगभग चुपचाप जस्तै रहे । त्यसको ठीक विपरित स्पेनले बलमाथि लगातार आधिपत्य कायम राखेको थियो र शृंखलाबद्ध आक्रमण पनि बुनेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →