विश्वकप ट्रफीसहित स्वदेश फर्कियो स्पेन, म्याड्रिडमा लाखौँ समर्थकको स्वागत

काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधि जितेको स्पेनिस राष्ट्रिय फुटबल टोली स्वदेश फर्किँदा राजधानी म्याड्रिडमा लाखौँ समर्थकले भव्य स्वागत गरेका छन्। अर्जेन्टिनालाई १–० ले हराउँदै १६ वर्षपछि दोस्रो पटक विश्वविजेता बनेको टोलीको सम्मानमा म्याड्रिडका सडक समर्थकले भरिभराउ बनेका थिए।
स्पेनका खेलाडी र प्रशिक्षकसहितको टोली स्वदेश फर्किएलगत्तै स्पेनका राजा फेलिपे छैटौँसँग भेटघाट गरेको थियो। त्यसपछि प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटेपछि टोली खुला बसमा सवार हुँदै विजय यात्रामा निस्किएको थियो।
म्याड्रिडका मुख्य सडक हुँदै सिबेलेस स्क्वायरसम्म निकालिएको विजय र्यालीमा करिब १८ लाख समर्थक सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। समर्थकहरूले राष्ट्रिय झण्डा फहराउँदै खेलाडीहरूको स्वागत गरेका थिए भने विश्वकप ट्रफी प्रदर्शनसँगै उत्सव अझ भव्य बनेको थियो।
उत्सवका क्रममा प्रशिक्षक लुइस दे ला फुएन्तेले टोलीको सफलताप्रति गर्व व्यक्त गर्दै यो उपलब्धि सम्पूर्ण स्पेनवासीको भएको बताए। खेलाडीहरूले पनि समर्थकको अभूतपूर्व साथ र मायाप्रति आभार व्यक्त गरेका थिए।
स्पेनले फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०१० पछि पहिलो तथा इतिहासमा दोस्रो विश्वकप उपाधि जितेको हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |