TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 12, 2026 · Swadesh

दक्षिण कोरियाको उत्कृष्ट पुर्नआमगन जित

दक्षिण कोरियाको उत्कृष्ट पुर्नआमगन जित

दक्षिण कोरियाले एक गोलले पछाडि रहेको स्थितिबाट शुक्रबार विश्वकप २०२६ मा चेक गणतन्त्रलाई २–१ ले हराएर तीन अंक बटुलेको छ । यससँग उसको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।


आयोजक मेक्सिको पनि तीन अंकमा शीर्षमा छ । उसले यसअघिको खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेक टिमले ५९ औं मिनेटमा अग्रता लिएको थियो ।


विजयी टिमका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरे । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले बराबरी गोल फर्काए । खेलको ८० औं मिनेटमा ओह ह्योन ग्युले निर्णायक गोल गरे ।


त्यसको ठीक अगाडि चेक गणतन्त्रको गोल गरे पनि त्यसले मान्यता पाएन र टोमस सोचेकको प्रहार अफ साइड रह्यो । यससँगै खेल दक्षिण कोरियाको पक्षमा मोडिएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →