← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

प्रिमियर लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बने सन

प्रिमियर लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बने सन

काठमाडौँ- एशियाका तारा उपनामले चिनिने दक्षिण कोरियाका सन ह्युङ मिङले राति भएको खेलमा ब्राइटनविरुद्ध गोल गर्दै प्रिमियर लिगमा १०० गोल पुरा गरेका छन्। साथै उनी प्रिमियर लिगमा १०० गोलको आँकडा पुरा गर्ने पहिलो एशियन खेलाडी समेत बनेका छन्।

सन् २०१५ मा जर्मन क्लब बायर लिभरकुसेनबाट टोटेनहममा अनुबन्ध भएका सनले २६० खेल खेल्दै १०० गोल पुरा गरेका हुन्। उनले १०० गोल गर्नुका साथै प्रिमियर लिगमा ५० असिस्ट पनि गरिसकेका छन्।

 सनले यसअघिनै सन् २०१९/२० को पुसकास अवार्ड जितिसकेका छन्। त्यस्तै उनले सन् २०२१/२२ को प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्ने पहिलो एशियन बनिसकेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →