← समाचारमा फर्कनुस्
सोसिडाड र सेल्टा भिगोबीच बराबरी

आफ्नो घरेलु मैदानको फाइदा लिन नसकेपछि रियल सोसिडाडले स्पेनी ला लिगामा बिहीबार सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि दुवै टिम एक एक अंक प्राप्त गर्न सफल रहे ।
रियल एरेनामा सोसिडाडले खेलमाथि बढी नियन्त्रण राखेको थियो । तर निर्णायक गोल निकाल्न सकेन् र जनवरीयता लगातार दोस्रो जित निकाल्ने उद्देश्यमा असफल रह्यो ।
यो नतिजापछि सोसिडाड चार खेलबाट चार अंकमा ११ औं स्थानमा रह्यो । नयाँ सिजनमा उसको यो दोस्रो बराबरी हो । सेल्टा भिगो भने चार खेलबाट दुई अंकमै सीमित रहेर १६ औं स्थानमा रह्यो र यसपल्ट जित निकाल्न सकेको छैन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |