← समाचारमा फर्कनुस्
सर्वकालीन महान अलराऊन्डर सोबर्सको निधन

विश्व क्रिकेटका सर्वकालीन महान खेलाडी ग्यारी सोबर्सको शुत्रबार निधन भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले उनको निधनको पुष्टि गर्दै भनेको छ, ‘एउटा महान इनिङ्सको अन्त्य भएको छ ।’
अलराउन्डर खेलाडी रहेका सोबर्सको ८९ वर्षको उमेरमा निधन भएको हो । विजडन पत्रिकाले उनलाई २० औं शताब्दीका उत्कृष्ट पाँच खेलाडीको सूचीमा समावेश गरेको थियो ।
सन् १९४५ देखि १९७४ बीच उनले ९३ टेस्ट खेले । त्यसमा ८ हजार ३२ रन बनाए । यस्तै उनले २ सय ३५ विकेट पनि लिए । सोबर्सले इंग्ल्यान्डमा नटिंघसायरका लागि पनि काउन्टी क्रिकेट खेले ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |