झम्सिखेललाई हराउँदै ब्रिगेट ब्वाइज सिन्धु कपको सेमिफाइनलमा

सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगित अन्तर्गत ब्रिगेट ब्वाइज क्लबले झम्सिखेल युथ क्लबललाई पराजित गरेको छ ।
सोमबार सिन्धुपाल्चोकको बसन्तपुरस्थित खेल मैदानमा सम्पन्न खेलमा ब्रिगेटले झम्सिखेललाई २-४ गोल अन्तरले पराजित गरेको हो ।
ब्रिगेटको जितमा सुमन गुरुङ, रोशन राना मगर र रोहन खड्गीले समान १-१ गोल गरे । अर्को गोल भने ब्रिगेटले उपराह पाएको थिए । झम्सिखेलका अजय वाइबाले आत्मघाती गोल गरे । यता झम्सिखेलका लागि सन्जोक महर्जनले २ गोल गरे ।
पहिलो हाफमा २१ गोलको अग्रता बनाएको झम्सिखेलले दोस्रो हाफमा २ गोल खाएको थियो ।
खेलमा सुरुवाती अग्रता बनाएको झम्सिखेलको लागि खेलको ३०औं मिनेटमा सन्जोकले गोल गरेका थिए तर, उक्त गोल गरेको दुई मिनेट बित्न नपाउँदै ब्रिगेटले उपहार गोलमा ११ गोलको अबस्थामा ल्याउन सफल भयो ।
त्यसपछि खेलको ४०औं मिनेटमा पुन झम्सिखेलका लागि सन्जोकले ब्यक्तिगत दोस्रो गोल गरी पहिलो हाफको खेलमा २-१ गोलको अग्रता दिलाए ।
खेलको ७१औं मिनेटमा ब्रिगेटका लागि सुमन गुरुङले गोल गरि खेल २-२ अबस्थामा फर्काए । त्यसछि एक मिनेटपछि पुन ब्रिटेको लागि रोशन राना मगरले गोल गरि २३ अग्रता दिलाए ।
८७औं मिनेटमा ब्रिटेका लागि रोहन खड्गाीले गोल गरी २-४ गोल अन्तरको जित पक्का गरे ।
खेलको म्यान अफ दि म्याच ब्रिगेटका रोशन राना मगर घोषित भए । उनले नगद २ हजारसँगै मायाको चिनो प्राप्त गरे ।
यो जितसँगै ब्रिगेटले अब फाइनल प्रवेशको लागि जेठ ३१ गते श्री भगवती युथ क्लबको सामना गर्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |