← समाचारमा फर्कनुस्
Basketball Sep 08, 2024 · Swadesh

श्री थ्री एक्स थ्री बास्केटबलको लिग चरणको खेल सम्पन्न

श्री थ्री एक्स थ्री बास्केटबलको लिग चरणको खेल सम्पन्न

काठमाडौं । श्री थ्री एक्स थ्री यू२३ बास्केटबल प्रतियोगिताको पुरुष र महिलातर्फ शनिवार लिग चरणका खेल सकिएका छन् ।

पुरुषतर्फ उत्कृष्ट ८ टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै महिलातर्फ चार टोली सेमिफाइनल पुगेका छन् ।  

त्रिपुरेश्वरस्थित राखेपको सेमि कभर्डहलमा भएको खेलमाबाट पुरुषतर्फ टाइम्स , हाउण्ड्स, टाइम्स बी, रिभोल्ट, बुढानिलकण्ठ, बास्केटबल क्लब, टिम बौद्ध, गोल्डेनगेट बलेज र टिम ध्वज क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै महिलातर्फ हाउण्ड्स, रिभोल्टको ए र बी टिम तथा बुढानिलकण्ठ बास्केटबल सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनल सेमिफाइनल र फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ ।

यस्तै कर्पोरेटतर्फ अम्रपाली र बीएस धौवलागिरीले सेमिफाइनलमा स्थान बनाएका छन् । कर्पोरेटतर्फ लिगको बाँकी खेलसहित नकआउट चरणको खेल आइतबारै हुनेछ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →