← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

सिरी एः युभेन्टस पराजित, रोमा विजयी

सिरी एः युभेन्टस पराजित, रोमा विजयी

काठमाडौँ- इटालियन सिरी ए अन्तर्गत राती भएको खेलमा युभेन्टस लाजियोसंग पराजित भएको छ। लाजियोको घरेलु मैदानमा युभेन्टस २-१ गोलअन्तरले पराजित भएको हो। 

लाजियोको जितमा मिलिन्कोभिच साभिक र मासिया जाकिनीले १-१ गोल गरे। यता युभेन्टसका लागी एड्रिन राबिओटले एक गोल गरे। यो जीतसंगै दोस्रो स्थानमा रहेको लाजियोको २९ खेलबाट ५८ अंक भएको छ। उता सातौ स्थानमा रहेको युभेन्टसको समान खेलमा ४४ अंक रहेको छ।

त्यस्तै अर्को खेलमा ए एस रोमाले टोरिनोलाई पराजित गरेको छ। घरेलु टोलि टोरिनोको मैदानमा भएको खेल रोमाले १-० गोलअन्तरले जितेको हो। रोमाको जितमा पाउलो डिबालाले गोल गरे।

यो जितसंगै रोमा तेस्रो स्थानमा उक्लिएको छ। रोमाको २९ खेलमा ५३ अंक भएको छ। उता पराजित भएको टोरिनो समान खेलमा ३८ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →