← समाचारमा फर्कनुस्
ए डिभिजन लिगः लिडर सातदोबाटो र जावलाखेल भिड्दै

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज लिग लिडर सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबसंग खेल्दैछ।
यी दुईबिचको खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउसो २ बजेदेखि सुरु हुनेछ।
सातदोबाटो ५ खेलमा १२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै जावलाखेल ५ खेलमा १० अंक सहित चौथो स्थानमा रहेको छ।
त्यस्तै आजै हुने अर्को खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्दैछन्।
च्यासल मैदानमा यी दुईबिचको खेल दिउसो २ बजे सुरु हुनेछ।
एनआरटी ५ खेलमा २ अंकसहित १३औं स्थानमा रहेको छ भने चर्च ब्वाइजको ५ खेलमा ११ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |