← समाचारमा फर्कनुस्
Football Feb 27, 2023 · Nepalsports

आर्मीलाई पराजित गर्दै सातदोबाटो केपी ओली कपको फाइनलमा

आर्मीलाई पराजित गर्दै सातदोबाटो केपी ओली कपको फाइनलमा

सातदोबाटो युथ क्लब केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले पराजित गर्दै सातदोबाटो फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । 

पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे । दिपक राज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरे ।

आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरे ।

सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए भने विकास खवासको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →