← समाचारमा फर्कनुस्
Volleyball Sep 05, 2026 · Swadesh

सगरमाथा स्म्यासर्सको विजयी सुरुआत

सगरमाथा स्म्यासर्सको विजयी सुरुआत

एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले शुक्रबार विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई २५–२१, २५–२१, २३–२५ र २५–२१ को सेटमा पराजित गऱ्यो । सगरमाथाका अइमल खान ‘म्यान अफ द म्याच’ घोषित हुँदै २० हजार नगद पुरस्कार पाए । उनले उक्त रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरे ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे । नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ । कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो ।

अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई २५–२२, १९–२५, २६–२४ र २५–२२ को सेटमा हरायो । कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान अफ म्याच’ बने । उनले २० हजार नगद पुरस्कार हात पारे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →