TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Oct 31, 2024 · Swadesh

साफ महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता

साफ महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता

काठमाडौं । घरेलु मैदानमा १५ हजार ३७३ दर्शकमाझ नेपाल बंगलादेशसँग २–१ गोलले पराजित हुँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा उपविजेतामा सिमित बनेको छ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल २–१ गोलले पराजित हुँदै साफमा पुन उपविजेता बनेको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

बंगलादेशको जितमा मोनिका चक्मा र रितु पुन चक्माले गोल गरिन्। नेपालका लागि अमिशा कार्कीले गरेको गोल सान्त्वना बन्यो। 

नेपाल बंगलादेशविरुद्ध खेलको ५६औँ मिनेटमा १–० ले पछि परेको थियो। तर, उक्त अग्रता बंगलादेशले चार मिनेट पनि टिकाउन सकेन।

नेपालको लागि खेलको ५६औँ मिनेटमा अमिशा कार्कीले गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याइन्। त्यसअघि नेपालले खेलको ५२औँ मिनेटमा गोल ब्यहोरेको थियो। 

८१औँ मिनेटमा बंगलादेशको लागि रितु पुन चक्माले गोल गरेपछि खेल २–१ अघि बढ्यो। त्यसपछि बाँकी समय थप गोल नहुँदा नेपाल पराजित हुँदै उपविजेतामा सिमित बन्यो। 

यसअघि नेपाल २०२२ मा नेपाल बंगलादेशसँग यहिँ मैदानमा ३–१ गोलले पराजित भएको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →