पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

सातदोबाटो युथ क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।
सातदोबाटोको जितमा दीपक राज सिंह ठकुरीले दुई गोल गरे । पुलिसका प्रविन थापाले एक गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा दिपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४९ औं मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा दिपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।
अब सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ ।
आर्मी र एनआरटीबीचको खेल भोलि शुक्रबार बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै शुक्रबार दिउँसो मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।
प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |