← समाचारमा फर्कनुस्
लिग लिडर सातदोबाटो जावलाखेलसंग स्तब्ध

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत लिग लिडर सातदोबाटो युथ क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब शिर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा समपन्न खेलमा जावलाखेलले सातदोबाटोलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलका लागी खेलको ४३औ मिनेटमा फाडे फोफानाले पेनाल्टिमार्फत गोल गरे। त्यस्तै खेलको ४९ मिनेटमा एन्कोटो मासोविले गोल गरे।
यता सातदोबाटोका लागी खेलको ७४औ मिनेटमा दिपकराज सिंह ठकुरिले गोल गरे।
यो जितसंगै जावलाखेलको ६ खेलमा १३ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ। पराजित भएको सातदोबाटोको समान खेलमा १२ अंक सहित तेस्रो स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |