← समाचारमा फर्कनुस्
Football Jun 08, 2023 · Nepalsports

साफ च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

साफ च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

यहि जुन २१ बाट सुरु हुने साफ च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार साफ च्याम्पियनसिपका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका छन्।

च्याम्पियनसिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । नेपालले जुन २१ मा कुवेतसँग र २४ जुनमा भारतसँग खेल्नेछ भने नेपालले समूहको अन्तिम खेल जुन २७ मा पाकिस्तानसँग खेल्नेछ ।

च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले जुन १५ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।

अन्तिम टोली

गोलकिपर : किरण चेम्जोङ (आरजी पञ्जाब), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब)

डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब)

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), लकेन लिम्बु (थ्री स्टार क्लब), आभास लामिछाने (एपीएफ फुटबल क्लब)।

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दिपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड) , विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब)

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →