TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Apr 10, 2026 · Swadesh

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप शनिबारदेखि

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप शनिबारदेखि

काठमाडौं। नेपाल रग्बी संघको आयोजनामा “राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता–२०२६” शनिबारदेखि सुरु हुने भएको छ।


संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चकाे कार्यलमा शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै प्रतियोगिता चैत २८ र २९ गते दशरथ रंगशालामा सञ्चालन हुने जनाएकाे हाे।


प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउनेछ। त्यस्तै, उत्कृष्ट एक पुरुष र एक महिला खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ।


प्रतियोगितामा दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी, बागमती प्रदेश, कर्णाली र मधेसका महिला तथा पुरुष दुवै टाेलीकाे सहभागीता रहँदा काेशी, सुदूरपश्चिम र लुम्बिनीमा महिला टिमकाे मात्रै सहभागी हुँदा गण्डकीकाे पुरुष मात्रै सहभागी रहने छन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीअनुसार खेल सञ्चालन गरिनेछ।


आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। सहभागी खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै करिब १ लाख २५ हजार रुपैयाँ बराबरको खेल दुर्घटना बीमा गरिएको छ भने स्वास्थ्य सेवाका लागि भक्तपुर इन्टरनेशनल अस्पतालको सहयोग रहनेछ। साथै, सहभागी टोलीहरूका लागि होटल बसोबास र एकपटकको यातायात खर्चको व्यवस्था पनि गरिएको छ।


संघले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टोलीमा छनोट गरी आगामी अन्तर्राष्ट्रिय तथा एसियाली स्तरका प्रतियोगितामा सहभागी गराउने लक्ष्य राखेको जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →