← समाचारमा फर्कनुस्
Football Apr 10, 2023 · Nepalsports

लिगमा आज सातौं चरणको अन्तिम ३ खेल हुँदै

लिगमा आज सातौं चरणको अन्तिम ३ खेल हुँदै

काठमाडौ- जारी  शहिद स्मारक ए डिभिजन लिगमा आज सातौं चरणको अन्तिम ३ खेल हुँदैछन्।

आज हुने तीन खेल मध्य २ खेल अपराहन्न २ बजेदेखि शुरु हुदै छन् भने तेस्रो खेल साँझ ५:४५ देखि हुने छ ।

एन्फा कमप्लेक्स सातदोबाटोमा २ बजेबाट सुरु हुने खेलमा फ्रेन्ड्स क्बलले नेपाल पुलिस क्बलको सामना गर्नेछ । 

जारी सिजनको कुनै पनि खेलमा जित निकाल्न नसकेको पुलिस आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पुलिसले ६ खेलबाट १ अंक जोडेको छ । 

त्यस्तै एक जित एक बराबरीसहित ४ अंक जोडेको फ्रेन्ड्स पनि दोस्रो जितको खोजिमा हुनेछ । 

सोहि समयमा दशरथ रंगशालामा हुने अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले एपीएफ फुटबल क्बलको सामना गर्नेछ । 

६ खेलमा १२ अंक जोडेको  चर्च चौथो स्थानमा रहेको छ भने समान खेलबाट १० अंक बटुलेको एपीएफ पाँचौं स्थानमा रहेको छ । 

यस्तै आज हुने अन्तिम खेलमा साँझ ५:४५ बजे दशरथ रंगशालामा मनाङ मर्स्याङदी फुटबल क्लबले थ्री स्टारको सामना गर्नेछ । 

मनाङ जारी सिजन ६ खेलमा १४ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ । उता थ्री स्टार समान खेलबाट १० अंकसहित छैटौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →