← समाचारमा फर्कनुस्
रोजबर्ड र चेल्सी मिनी बास्केटबलको उपाधीका लागि भिड्ने

ललितपुर । रोजबर्ड स्कूल र चेल्सी वल्र्ड स्कूल बाल दिक्षासदन स्कूलको आयोजनामा ललितपुरमा जारी मिनी बास्केटबल च्याम्पियनसीप २०८१ को फाइनलमा पुगेका छन् ।
ललितपुरको ग्वार्को स्थित बाल दिक्षासदनको कोर्टमा भएको प्रतियोगिताको छात्रातर्फको सेमिफाइनलमा रोजबर्डले रातो बंगलालाई तथा चेल्सीले चाँन्दबाग इन्टनेसन स्कूललाई हराएर फाइनलमा पुगेका हुन् ।
फाइनलमा पुग्ने क्रममा रोजबर्डले रातो बंगलालाई १४–९ ले पाखा लगाएको हो । यो खेलमा रोजबर्डकी सानवी श्रेष्ठले सर्वाधिक ६ अंक स्कोर गरिन् भने स्वर्णीका पराजुली प्लेयर अफ दि म्याच घोषित भइन् ।
यसैगरी अर्को सेमिफाइनलमा चेल्सीले चाँन्दबागलाई १६–११ ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । खेलमा सर्वाधिक ६ अंक स्कोर गरेकी चेल्सीकी डेनिसा थापा प्लेयर अफ दि म्याच भइन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |