← समाचारमा फर्कनुस्
रोनाल्डोलाई सामान्य सजाय मात्रै

पोर्चुगाली फुटबल संघले राष्ट्रिय टिम छाडेर अनुशासनहीन काम गरेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सोमबार सामान्य सजाय मात्र सुनाएको छ । संघले उनलाई एक महिनाको निलम्बन गरेको छ । यस्तै उनलाई २ सय ८६ डलर जरीवाना पनि गरिएको छ ।
उनले पोर्चुगाली प्रशिक्षक जोर्गे जेससमाथि आफूलाई खेलाउन वचन कायम नराखेको आरोप लगाएका थिए । पछि दबाबमा उनले माफि पनि मागे । यसैक्रममा जुनसुकै सजाय दिए पनि स्विकार्य हुने बताएका थिए । यसबीच उनको चर्को आलोचना पनि भएको थियो ।
तर अहिले फुटबल संघले उनलाई सबैभन्दा कम सजाय दिने निर्णय गरेको छ । उनको निलम्बन अक्टोबर १ बाट लागू हुनेछ र यही महिनाको अन्त्यमा सकिनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |