← समाचारमा फर्कनुस्
रोहित र रिकेल्टन चम्केपछि मुम्बई विजयी

ओपनर जोडी रायन रिकेल्टन र रोहित शर्मा ब्याटबाट चम्केपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सले सोमबार लखनउ सुपर जायन्ट्सलाई वानखेडे स्टेडियममा छ विकेटले पराजित गरेको छ ।
उनीहरूले पहिलो विकेटका लागि १ सय ४३ रनको साझेदारी गरेर जितको आधार तयार पारे । लखनउले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय २८ रन बनाएको थियो ।
जवाफमा मुम्बईले चार विकेट गुमाए २ सय २९ रन बनायो । विजयी टिमका लागि रिकेल्टनले ८३ र चोटबाट मुक्त भएर मैदानमा फर्केका रोहितले ८४ रन बनाए ।
जितपछि मुम्बईको दस खेलबाट छ अंक छ र नवौं स्थानमा छ । अन्तिम स्थानमा रहेको लखनउ भने चार अंकमा रहेको छ । उसको यो लगातार छैटौं हार हो र सबैभन्दा खराव लयमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women