← समाचारमा फर्कनुस्
रोड्रिलाई गोल्डेन बल अवार्ड

च्याम्पियन स्पेनका कप्तान रोड्रि विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित भएका छन् र यसक्रममा उनले गोल्डेन बल अवार्ड जितेका छन् । स्पेनले फाइनलमा अर्जेन्टिनालाई हराएको हो । व्यक्तिगत अवार्डमा पनि स्पेनकै बाहुल्यता रह्यो ।
रोड्रिले मध्यपंक्तिका स्पेनको खेल उत्कृष्ट ढंगले सम्हालेका थिए । स्पेनका पउल कुवार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए भने स्पेनकै उनाइ सिमोन उत्कृष्ट गोलरक्षक चुनिए । स्पेनले यस विश्वकपमा खेलका कुल आठ खेलमा सिमोनले एकै गोल माक्र खाएका थिए ।
यसत्रम उनले सात खेलका क्लिन सिट राखेको कीर्तिमान बनाए । त्यसमा फाइनल पनि समावेश रह्यो । फ्रान्सका किलियन एमबापेले सर्वाधिक गोलकर्ताको अवार्ड हात पारे । उनले कुल १० गोल गरे । उनी नै २२ गोलसहित विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी रहेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |