← समाचारमा फर्कनुस्
Football Jun 09, 2023 · Shishir

'ए' डिभिजन लिगमा आज रेलिगोसन ब्याटल

'ए' डिभिजन लिगमा आज रेलिगोसन ब्याटल

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल आज रेलिगेसन जोनमा रहेको टिमहरुको रोमान्चक खेल हुदैछ।

लिगको अन्तिम खेल खेल्न लागेका रेलिगेसन क्लबहरु आज जित्नै पर्ने दबाबमा रहेका छन्।

दिउँसो ३ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन्।

दुवै टोलि रेलिगेसन जोनमा रहदा एपिएफलाई बराबरिको नतिजा पर्याप्त हुनेछ। फ्रेन्ड्सलाई जित्ने पर्ने दबाब साथै अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ।

एपीएफ २५ खेलमा ३० अंक जोडेर ११ औं स्थानमा रहदा फ्रेन्ड्स २५ खेलमा २७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

सोहि समय एन्फा कम्प्लेक्स एफसी खुमलटार र चर्च ब्वाइज युनाईटेड भिड्दैछन्।

चर्च लिग च्याम्पियन हो भने खुमलटार पुच्छारमा रहेको टिम हो।

खुमलटारलाई रेलिगेसनबाट बच्न जित्नैपर्ने दबाब साथै अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ।

चर्च २५ खेलमा ४५ अंक जोड्दै च्याम्पियन बन्दा खुमलटार २५ खेलमा २७ अंक जोडेर पुछारमा रहेको छ।

आज हुने अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन्।

दुवै टोलि रेलिगेसन जोनबाट बाहिर रहेका छन्।

शेर्पा २५ खेलमा ३१ अंक जोडेर दशौँ स्थानमा रहदा आर्मी २५ खेलमा ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →