← समाचारमा फर्कनुस्
Football Sep 08, 2026 · Swadesh

सोसिडाडको पुर्नआमगन जित

सोसिडाडको पुर्नआमगन जित

रियल सोसिडाडले घर बाहिर आफ्नो आठ खेलको जितविहीन यात्रामा पूर्ण विराम लगाउँदै सोमबार स्पेनी ला लिगामा एल्चेलाई ३–२ ले हराएको छ । सोसिडाडको यस जितमा जोब ओचिङ्गेले एक गोल गरे र अर्को दुई गोलमा सहयोग भुमिका निभाए ।

खेलको निर्णायक गोल भने ९० औं मिनेटमा लुका सुचिचले गरे । यो जितपछि सोसिडाडको पाँच खेलबाट सात अंक भएको छ र नवौं स्थानमा उक्लेको छ । खराव लयमा रहेको एल्चे भने चार खेलबाट एकै अंकमा सीमित छ र रेलिगेसन क्षेत्रमा छ ।

एल्चे अहिलेसम्म जित विहीन रहेको छ । खेलको ६४ मिनेटयता सोसिडाड दस खेलाडीमा सीमित रहेर खेलेको थियो । जोन मार्टिनेज रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →