← समाचारमा फर्कनुस्
Football Sep 05, 2026 · Swadesh

रियलमाथि बेटिसको स्तब्धपूर्ण जित

रियलमाथि बेटिसको स्तब्धपूर्ण जित

ट्रोय पाराटलले ८१ औं मिनेटमा गरेको निर्णायक गोलको मदतले रियल बेटिसले शुक्रबार स्पेनी ला लिगामा बलियो रियल म्याड्रिडलाई १–० ले पराजित गरेको छ । यस नतिजापछि प्रशिक्षक जोसे मोउरिन्होका लागि रियलमा शतप्रतिशत सुरुआत समाप्त भएको छ ।  

नयाँ प्रशिक्षकका रूपमा मोउरिन्हो आएयता रियलले सुरुआती तीनै खेल जितेर शानदार सुरुआत लिन सफल भएको थियो । रियलको यो हारमा किलियन एमबापे पेनाल्टीमा चुक्नु पनि प्रमुख कारण रह्यो । खेलको अन्त्यतिर बेटिसका गोलरक्षक अल्भारो भालेसले एमबापेलको पेनाल्टी रोकेका हुन् ।

यो जितपछि बेटिसको नौ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । रियल भने नौ अंकमै सीमित रहेर दोस्रो स्थानमा कायम रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →