रियल फेरि जितको बाटोमा

अघिल्लो साताको हार बिर्साउँदै रियल म्याड्रिड फेरि शनिबार जितको बाटोमा फर्केको छ र यसक्रममा उसले रायो भालेकानोलाई ४–१ ले पराजित गरेको छ । यो जितका नायक फेरि एकपल्ट किलियन एमबापे रहे ।
पछिल्लो साता बेटिसले रियललाई हराएको थियो, तर यसपल्ट रियलको प्रदर्शन सम्हालिएको रह्यो र यसले प्रशिक्षक जोसे मोउरिन्होलाई राहत दिनेछ ।
उनले पेनाल्टीबाट १४ औं मिनेटमा गोलको खाता खोले र दोस्रो हाफको इन्ज्युरी समयमा अर्को गोल गरे । यसबीच अल्भारो फर्नान्डेज र जुड बेलिंघमले एक एक गोल थपे ।
भालेकानोको तर्फबाट सर्जियो कमेलोले एक गोल फर्काए । यो जितपछि रियलको पाँच खेलबाट १२ अंक भएको छ । भालेकानो भने चार अंकमा १५ औं स्थानमा छ ।
अन्य खेलमा इस्पनयोलले ओसासुनालाई २–० र रेसिङ सान्टेन्डरले डेपोर्टिभो एलाभेसलाई २–१ ले पराजित गरेको छ । एथलेटिको बिलबाओ र एल्चेबीचको खेल भने १–१ को बराबरी छुटेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |