← समाचारमा फर्कनुस्
Football Aug 23, 2026 · Swadesh

रियलको विजयी सुरुआतमा इस्पी निर्णायक

रियलको विजयी सुरुआतमा इस्पी निर्णायक

सब्टिच्युट कार्लोस इस्पीले ९० औं मिनेटमा गरेको गोलको मदतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा इस्पनयोललाई २–१ ले हराएको छ र नयाँ सिजन विजयी सुरुआत लिएको छ । यो प्रशिक्षकका रूपमा जोसे मोउरिन्होको दोस्रो कार्यकालको पहिलो खेल पनि रह्यो ।

पहिलो पटक रियल सम्हालेको १३ वर्षपछि पोर्चुगाली प्रशिक्षक फेरि क्लबमा फर्केका हुन् र यससँगै उनी सुखद सुरुआत लिन सफल रहे । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला सब्टिच्युट कार्लोस इस्पीले ९० औ मिनेटमा निर्णायक गोल गरेका हुन् ।

स्टार खेलाडीले भरिएको रियलका लागि जुड बेलिंघमले नवौं मिनेटमा गोलको खाता खोले । इस्पनयोलका तर्फबाट एलेक्स कालाट्राभाले ३० औं मिनेटमा बराबरी गोल फर्काए । अन्य खेलमा भ्यालेन्सिया र सेल्टा भिगोले गोलरहित बराबरी खेले । यस्तै सेभियाले एथलेटिको बिलबाओमाथि ३–१ को जित रच्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →