← समाचारमा फर्कनुस्
Football Feb 23, 2023 · Nepalsports

रियलको सानदार पूनरागमन जित

रियलको सानदार पूनरागमन जित

यूईएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सानदार जित निकालेको छ ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा रियलले घरेलु टोली लिभरपुलमाथि ५–२ को सानदार पूनरागमन जित दर्ता गरेको हो । रियलको पूनरागमन जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको एक एक गोल सान्त्वना बन्यो ।

चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो ।

तर, दुई गोलले पछि परेको रियलको लागी खेलको २१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै २-१ को स्थितिमा ल्याए । जुनियरले ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए ।

खेलको ४७ औं मिनेटमा इडर मिलिसाओले गोल गरेपछि रियल ३-२ ले अघि रह्यो । खेलको ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दा रियल ४-२ ले अघि रह्यो । त्यसपछि खेलको ६७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५-२ को जित दिलाए ।

यस जितसँगै रियलको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ । लिभरपुललाई भने दोस्रो लेगमा फराकिलो जित आवश्यक भएको छ ।

दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा रियलको मैदानमा हुनेछ । यस्तै अर्को खेलमा इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई २-० गोल अन्तरले हराएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →