← समाचारमा फर्कनुस्
Football Apr 04, 2023 · Nepalsports

हामीलाई फिफा ऱ्यांकिंग कले प्रभाव पार्दैनः एन्जिला

हामीलाई फिफा ऱ्यांकिंग कले प्रभाव पार्दैनः एन्जिला

काठमाडौ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पोले पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोट खेल्नको लागि भियनतामविरुद्ध मैदान उत्रिदा फिफा र्यांकले प्रभाव नपार्ने बताएकी छिन्।

बुधबार हुने पहिलो खेलका लागी आज भएको प्रेस कन्फ्रेन्समा बोल्दै कप्तान एन्जिलाले आफुहरु भियतनाम भन्दा फिफा र्यांकमा तल रहेपनि आफुहरुले राम्रो तयारि गरेको साथै टिमको मनोबल उच्च रहेको बताएकी छिन्। उनले भनिन् ‘ भियतनाम राम्रो टिम हो। हामिले उनिहरुसंग कहिल्यै खेलेका छैनौ हामी उनिहरु विरुद्ध उच्च मनोवलका साथ मैदान उत्रिने छौ। हामी जित्नका लागी खेल्छौ हामीलाई फिफाको र्यांकले प्रभाव पार्दैन्।

प्रतियोगिताका लागी भियतनामको टोली आइतबार नै नेपाल आइपुगिसकेको छ ।

यस प्रतियोगिताको लागी नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले २२ जना खेलाडी सहितको टिम घोषणा गरिसकेका छन्।

नेपाली टिमः

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ

डिफेन्डरः समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ

मिडफिल्डरः रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत र अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →