← समाचारमा फर्कनुस्
Cricket Jul 24, 2026 · Swadesh

राजेश हमाल कर्णालीका ब्रान्ड एम्बासडर, कामना र प्रगति ‘क्विन अफ कर्णाली

राजेश हमाल कर्णालीका ब्रान्ड एम्बासडर, कामना र प्रगति ‘क्विन अफ कर्णाली

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बासडर

नियुक्त गरेको छ।

शुक्रबार आयोजित विशेष कार्यक्रममा टोलीले हमाललाई औपचारिक रूपमा ब्रान्ड एम्बासडर घोषणा गरेको हो। सोही अवसरमा कर्णालीले ‘क्विन अफ कर्णाली’, ‘ग्लोरी अफ कर्णाली’ तथा आफ्नो आधिकारिक एन्थम ‘आयो आयो कर्णाली शिवराज’ पनि सार्वजनिक गरेको छ।

कर्णाली क्षेत्रबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका खेलाडी कामना विष्ट र प्रगति नाथ लाई ‘क्विन अफ कर्णाली’ घोषणा गरिएको छ। त्यस्तै, महिला फ्रेन्चाइज भलिबलमा कर्णालीलाई दुई पटक उपाधि दिलाएकी कप्तान सुमित्रा रेग्मी लाई ‘ग्लोरी अफ कर्णाली’ को सम्मान प्रदान गरिएको छ।

यसैगरी, एमएमए फाइटर रविन्द्र ढाँट लाई ‘फेस अफ कर्णाली’ घोषणा गरिएको टोलीले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Bangladesh Bangladesh 1 1
4 Hong Kong Hong Kong 1 1
सबै समूह →