TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 24, 2026 · Swadesh

राजस्थान जितेसँगै प्ले अफ समीकरण पूरा

राजस्थान जितेसँगै प्ले अफ समीकरण पूरा

राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गरेको छ । यो नतिजापछि राजस्थान प्ले अफका लागि छनोट भएको छ । यससँगै प्रतियोगिताको प्ले अफ समीकरण पनि पूरा भएको छ ।


अब शीर्ष दुई स्थानमा रहेका रोयल च्यालेर्न्स बेंगलुरु र गुजरात टाइटन्सबीच क्वालिफायर–वान खेल हुनेछ । यस्तै सनराइज हैदरावाद र राजस्थानले इलिमिनेटर खेल्नेछन् । जितपछि राजस्थान १६ अंकमा चौथो स्थानमा रह्यो । मुम्बईको यसअघि नै चुनौती समाप्त भइसकेको थियो ।


यो खेलपछि दिल्ली क्यापिटल्स र कोलकाता नाइटराइडर्सबीचको खेलको नतिजाले अर्थ बोक्ने छैन् । वानखेडे स्टेडियममा भएको खेलमा राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा २ सय ५ रन बनाएको थियो । जवाफमा मुम्बईले नौ विकेटमा १ सय ७५ रन मात्र बनाउन सक्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →