← समाचारमा फर्कनुस्
कतारले जित्यो पहिलो अंक

बोउलेम खोउखीले खेलको अन्त्यतिर गरेको गोलको मदतले कतारले विश्वकप २०२६ मा आइतबार स्विटजरल्यान्डलाई १–१ को बराबरीमा रोकेको छ । समूह बी को खेलमा स्विटजरल्यान्डले १७ औं मिनेटभा ब्रेल इमबोलोले पेनाल्टीबाट गरेका गोलमा अग्रता लिएको थियो ।
दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा बराबरी गोल फर्काए र कतार विश्वकप इतिहासमै पहिलो अंक बटुल्न सफल रह्यो । सन् २०२२ को विश्वकप आयोजक कतारले त्यति बेला खराव प्रदर्शन गर्दै लिग चरणका सबै खेल गुमाएको थियो ।
खाडि युद्धका कारण डिसेम्बरयता तेस्रो खेल मात्र खेलिरहेको हो । तर सान्टा क्लारामा भएको खेललाई बराबरीमा रोक्नु कतारका लागि उपलब्धी रहनेछ । लगातार चौथो पल्ट विश्वकपको नकआउट चरण पुग्ने योजनामा रहेको स्विस टिमका लागि यो चिन्ताको बराबरी नतिजा रहनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women