← समाचारमा फर्कनुस्
Cricket May 24, 2026 · Swadesh

पंजावको प्ले अफ सम्भावना कायम

पंजावको प्ले अफ सम्भावना कायम

पंजाव किंग्सले शनिबार लखनउ सुपर जायन्ट्सलाई सात विकेटले हराएर इन्डियन प्रिमियर लिगमा प्ले अफ सम्भावना कायम राखेको छ । लखनउले पहिले ब्याटिङ गदै छ विकेटमा १ सय ९६ रन बनाएको थियो । यसमा जस इंग्लिसले सर्वाधिक ७२ रन बनाए ।


जवाफमा पंजावले १८ ओभरमा तीन विकेट गुमाएर २ सय रन बनायो । कप्तान श्रेयस अय्यरले ५१ बलको मात्र सामना गरेर १ सय १ रन बनाए र नटआउट रहे । प्रतियोगितामै उनको यो पहिलो शतकको हो । उनले ५१ बलको मात्र सामना गरेर १ सय १ रन बनाए र नटआउट रहे ।


यो जितपछि पंजावको १५ अंक भएको छ र चोथो स्थानमा कायम छ । प्ले अफका लागि एकै स्थान मात्र बाँकी रहेको छ । अब त्यसका लागि पंजाव, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्समध्ये एक टिम छनोट हुनेछ । रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स र सनराइज हैदरावाद यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →