← समाचारमा फर्कनुस्
शीर्षमा पंजाव अझ बलियो

पंजाव किंग्सले आइतबार लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएर शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ । यो जितपछि पंजावको ११ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको रोयल च्यालेर्न्स बेंगलुरुमाथि तीन अंकको अग्रता हो ।
चंडिगढमा भएको खेलमा पंजावले पहिले ब्याटिङ गर्दै सात विकेटमा २ सय ५४ रनको बलियो स्कोर खडा गरेको थियो । त्यसमा प्रियन्स आर्यले ९३ र कुपनर कोनलीले ८७ रनको योगदान दिए । जवाफमा लखनउले पाँच विकेटमा दुई सय रन मात्र बनाउन सक्यो ।
त्यसमा सबैभन्दा ठूलो स्कोर कप्तान ऋषव पन्तको रह्यो, उनले ४३ रन बनाए । आफ्नो स्वभाविक लय समाट्न संघर्षरत लखनउ यो हारपछि चार अंकमै सीमित रहेर आठौं स्थानमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women