← समाचारमा फर्कनुस्
Football Jun 01, 2023 · Shishir

एनआरटीलाई हराउदै पुलिस रेलिगेसनबाट मुक्त

एनआरटीलाई हराउदै पुलिस रेलिगेसनबाट मुक्त

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा न्यु रोड टिम एनआरटीविरुद्ध जित निकाल्दै नेपाल पुलिस क्लब रेलिगेसन जोनबाट मुक्त भएको छ। 

लिगको २४ औ चरण पुग्दा ३० अंक कटाउदै शिर्ष चारमा रहेको पुलिस रेलिगेसन नपर्ने निश्चित भएको छ। सुरुवाती आठ खलसम्म रेलिगेसनमा रहेको पुलिसले विदेशि खेलाडीको सहयोगमा उत्क्रिष्ट पुनरागमन गरेको हो।

त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले एनआरटिलाई १-० गोलअन्तरले पराजित गरेको हो।

पुलिसका लागी खेलको ७६ औ मिनेटमा विदेशि खेलाडी मोसे ग्याप्पाले गोल गरे।

इन्जुरि समयमा एनआरटीका कप्तान विक्रम धिमालले दोहोरो पहेलो कार्ड व्यहोर्दै रातो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिएका थिए।

प्रतिस्पर्धात्मर बनेको खेलमा दुवै टोलिले होल गर्ने मौका खेर फालेका थिए।

यो नतिजासंगै पुलिस २३ खेलमा ३४ अंकसहित चौथो स्थानमा  कायम रहेको छ।

त्यस्तै एनआरटिको समान खेलमा २९ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →