TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Apr 25, 2026 · Swadesh

पुलिस, रुकुम पश्चिम र आर्मी विजयी

पुलिस, रुकुम पश्चिम र आर्मी विजयी

काठमाडौं। प्रधानमन्त्री कप एभीए महिला तथा पुरुष भलिबल लिगको १०औं संस्करणमा विभागीय टोली नेपाल पुलिस क्लब, रुकुम पश्चिम भलिबल क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न पुरुषतर्फको पहिलो खेलमा पुलिसले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गर्‍यो। पुलिसले पहिलो सेट २५–२३ ले जित्दा दोस्रो सेट २२–२५ ले गुमाएको थियो। त्यसपछि तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२२ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो।


दोस्रो खेलमा रुकुम पश्चिमले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै शानदार सुरुआत गर्‍यो। रुकुम पश्चिमले २५–१४, २५–२१ र २५–१५ को जित निकाल्दै तीन अंक जोड्न सफल भयो।


दिनको अन्तिम खेलमा आर्मीले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो। आर्मीले पहिलो सेट २५–१९ ले जित्दा दोस्रो सेट २०–२५ ले गुमाएको थियो। त्यसपछि तेस्रो र चौथो सेट २५–१४ र २५–१५ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्‍यो।


आर्मीले पहिलो खेलमा खिल्जी युवा क्लबलाई ३–१ ले हराएको थियो। बुढानिलकण्ठ भने लगातार दोस्रो हार बेहोर्न बाध्य बन्यो। यसअघि बुढानिलकण्ठ हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →