← समाचारमा फर्कनुस्
Football Sep 21, 2024 · Swadesh

वालिङविरुद्ध पुलिसको जित

वालिङविरुद्ध पुलिसको जित

काठमाडौं । नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकालाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पुलिसले वालिङलाई २–० ले पराजित गरेको हो। यो जितसँगै आफ्नो अपराजित यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको छ।

पुलिस जितमा दुवै गोल सम्झना लावतीले गरिन्।

जारी लिगमा सात खेलबाट १५ अंक जोडेको पुलिस तेस्रो स्थानमा छ। पराजित वालिङ समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →