पुलिस र रुकुम पश्चिम च्याम्पियन

काठमाडौं। नेपाल पुलिस क्लबले आफ्नो वर्चस्व कायमै राख्दै १०औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ उपाधि जितेको छ।
फाइनलमा पुलिसले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३-१ सेटले पराजित गर्दै पुलिसले चौथो पटक यो उपाधि उचालेको हो ।
यससँगै पुलिस यो प्रतियोगिताको सबैभन्दा सफल महिला टोली समेत बनेको छ र लगातार तेस्रो पटक काभा क्लब च्याम्पियनसिपमा स्थान सुरक्षित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको रोमाञ्चक फाइनलमा पुलिसले खेल क्रमशः २५-२१, १७-२५, २५-२३ र २५-१९ को सेटले जित्दै च्याम्पियन बन्यो।
लिग चरणमा भोगेको हारको बदला लिँदै उपाधि जितेको पुलिसले नगद १० लाख रुपैयाँ हात पार्यो भने उपविजेता न्यु डायमण्डले ५ लाख रुपैयाँमा चित्त बुझायो।
यस्तै, महिलातर्फ तेस्रो भएको एभरेष्ट भलिबल क्लबले २ लाख ५० हजार प्राप्त गर्यो । प्रतियोगितामा महिलातर्फ कुल ६ टोलीको सहभागिता रहेको थियो।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले पहिलो पटक उपाधि जितेको छ।
उपाधिसँगै उसले १० लाख पायो। उपविजेता हेल्प नेपालले ५ लाख पाउँदा तेस्रो भएको नेपाल पुलिस क्लबले २ लाख ५० हजार पायो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women