TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 30, 2026 · Swadesh

पोखरामा पहिलो पटक महिला गोल्डकप हुने, विजेतालाई पाँच लाख

पोखरामा पहिलो पटक महिला गोल्डकप हुने, विजेतालाई पाँच लाख

काठमाडौ।  पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियाेगिता हुने भएकाे छ।


महिला गोल्डकपमा कुल चार क्लबले सहभागिता जनाउने भएका छन्। आरएस फुटबल क्लबको आयोजनामा शुक्रबार बाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाएका हुन्। 


गोल्डपको तयारी बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको तयारी पुरा भएको सुनाए। 


प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस क्लब भिड्नेछन्। 


शनिबार संकटा र त्रिभुवन आर्मी क्लब भिड्ने छन भने आइतबार फाइनल खेल हुनेछ। पोखरामा यसअघि महिलाको गोल्डकप हुन सकेको थिएन्। महिला फुटबलको विकासका लागि स्थापित आरएसले पोखरालाई महिला फुटबल दिएको हो। ‘पछिल्लो समय महिला फुटबलको लोकप्रियताले उचाई लिइरहेको सर्वविदितै छ। नेपाली राष्ट्रिय महिला फुटबल टिमको खेल र ती खेलमा दर्शकहरूको उपस्थिति पनि यसलाई प्रष्ट पार्छ’ उनले भने, ‘ महिला फुटबलमा गण्डकी प्रदेश पछि परिरहेको छ। साम्बा, विमाला विक जस्ता प्रतिभावान खेलाडी जन्माउने गण्डकी प्रदेशमा महिला गोल्डकप नहुनु झनै दुखद् पक्ष हो। हामीले अब महिला फुटबलको प्रवद्र्धन तथा विकास गर्नुपर्छ भनेर कदम चालेका छौं।’


पहिलो संस्करण भएकाले धेरै चुनौति रहेको उनले बताए। क्लबले हालैमात्र एन्फाको आयोजनामा भएको महिला लिग छनोटमा सहभागिता जनाएको थियो । क्लबको अबको मुख्य योजना नै राष्ट्रिय उपाधि जित्ने र प्रतिभाशाली युवा खेलाडीहरूलाई खेलसँगै शिक्षाको अवसर प्रदान गर्ने रहेको रहेकाले प्रतियोगिताको आयोजना गर्न लागेको सुनाए। 


हामीले पहिलो पटक पोखरा रंगशालामा प्रथम महिला पोखरा गोल्ड कप आयोजना गर्ने तयारी गरेका छौं । अवसर र चुनौति दुवै छन् त्यसलाई पार गर्दै अघि बढ्नेछौं’ उनले थपे। बैशाख १८ देखी २० सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। अनुसासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →