TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Apr 17, 2026 · Swadesh

१०औं पोखरा स्पोर्ट्स अवार्डको सह-प्रायोजकमा केल्मी नेपाल

१०औं पोखरा स्पोर्ट्स अवार्डको सह-प्रायोजकमा केल्मी नेपाल

पोखरा। १०औं पोखरा स्पोर्ट्स अवार्डमा केल्मी नेपालले सह–प्रायोजकका रुपमा साथ दिने भएको छ। 


स्पेनको खेलकुद ब्राण्ड केल्मीको नेपालका लागि आधिकारीक विक्रेता कामरु ट्रेडिङ प्रा.लि. र पोखरा स्पोर्ट्स अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच सम्झौता भएको हो। 


सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे। सो अवसरमा केल्मी नेपालका प्रवन्ध निर्देशक न्यौपानेले केल्मी नेपालले खेलकुदको क्षेत्रमा साथ, सहयोग र सहकार्य गर्दै आइरहेको तथा पर्यटकीय राजधानी पोखरामा आयोजना हुने १०औं पोखरा स्पोर्ट्स अवार्डमासमेत सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे। 


उनले गण्डकी प्रदेशका खेलाडीहरुलाई लक्षित गरि आयोजना गरेको अवार्डको सफलताको कामनासमेत गरे। केल्मी नेपालले केल्मी ब्राण्डको फुटबल, फुटसल जुत्ता, खेलकुद कपडा जर्सी, ट्रयाकसुट, शर्ट, खेलकुदका सामाग्रीहरु ब्याग मोजाको विक्री वितरण गर्दै आइरहेको र विशेषगरी नेपाली खेलाडी र क्लबहरुले बढी मात्रामारुचाएको न्यौपानेको भनाई थियो।


मञ्चका अध्यक्ष एमबी आस्थाले अन्तराष्ट्रिय ब्राण्ड केल्मीको आधिकारीक बिक्रेता केल्मी नेपालसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए। 


विभिन्न आठ विद्यामा आयोजना हुने पोखरा स्पोर्ट्स अवार्डमा केल्मी संग सहकार्य गरेरअगाडी बढ्न पाउदा खेलकुद क्षेत्रमा साथ र सहयोग गर्दै आइरहेको केल्मी प्रति आभारप्रकट गरे। 


रारा तैयारी चाउचाउ मुख्य प्रायोजक रहेको अवार्ड कार्यक्रम वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा हुनेछ। विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ। जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार छन्। 


पिपुल्स च्वाइस अवार्डलाई गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ। यस्तै, गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाडौं, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौं, होटल क्राउन प्लाजा काठमाडौं, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको विशेष सहयोग रहेको छ। 


त्यसैगरी सहयोगीहरुमा सहारा क्लब, टाइगरग्रुप अफ पोखरा, तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकारमहासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, युवराज गुरुङ (जापान), निशान रानामगर, रमेशकुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा (अष्ट्रेलिया) र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि राइनो क्याफे एण्ड शवार्मा स्टेशन रहेका छन्। अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →